अध्यक्षमा भुवन केसीसहित ६ जनाले दिए आवेदन

पालिका डायरी
१८ असार २०७९, २०:४०

काठमाडौं / चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि अभिनेता भुवन केसीसहित ६ जनाले आवेदन दिएका छन् । आइतबार आवेदन दिने अन्तिम दिन रहेको संचार मन्त्रालयअन्तर्गतको संस्था समन्वय शाखाले जनाएको छ ।

शाखाका अनुसार भुवनसहित निर्देशक सम्झना उप्रेती रौनियार, अरुणकुमार प्रधान, निर्माता सुशील पोखरेल र निर्माता तथा अभिनेत्री सुष्मा कार्कीले आवेदन दिएका छन् ।

अधिकांश आवेदक सत्तारुढ दल कांग्रेस निकट फिल्मकर्मी हुन् । आइतबार थप केही फिल्मकर्मीले आवेदन दिने तयारी गरेका छन् । आवेदन दिइसकेकाहरु शक्तिकेन्द्रसँग लबिङ गरिरहेका छन् ।

असार ५ गते सूचना प्रकाशित गर्दै मन्त्रालयले ३० वर्ष पुरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने, स्नातक उत्तिर्ण गरी फिल्ममा १० वर्ष काम गरेको हुनुपर्ने वा प्रवीणता प्रमाणपत्र तह पास गरी फिल्म क्षेत्रमा २० वर्ष कार्य गरेको हुनुपर्ने मापदण्ड उल्लेख थियो ।

अभिनेता केसीले तोकिएको मापदण्डमा आफ्नो शैक्षिक योग्यता र उमेर बाधक नहुने भएपछि आवेदन दिएको बताए । तर, बिहीबार सञ्चारमाध्यममा भुवनको योग्यता र उमेर बाधक भएको खबर आएका थिए । भुवनले यी दाबीहरु गलत भएको बताए ।

प्रतिक्रिया