नेपाल आउँदै अर्थर गन

पालिका डायरी
१८ असार २०७९

अमेरिकन आइडलको फाइनलमा पुगेर चर्चामा आएका दिवस पोख्रेल उर्फ अर्थर गन नेपाल आउने भएका छन्।

उनले नेपालका सात ठूला शहरमा सांगीतिक कन्सर्ट गर्ने छन्। पहिलो पटक नेपाल आउन लागेका अर्थर गन सन २०२० को अमेरिकन आइडलमा ‘फस्ट रनरअप’ भएका थिए। भदौमा नेपाल आउने अर्थरको नेपाल कन्सर्टको सम्पूर्ण जिम्मा ब्रेनसर्भिसले लिएको छ।

काठमाडौं, पोखरा, नेपालगञ्ज, भैरहवा, चितवन, इटहरी र काँकडभिट्टामा च्यारिटीको शैलीमा कन्सर्ट गर्ने तयारी भइरहेको आयोजक ब्रेनसर्भिसका संथापक रिशम महर्जनले जानकारी दिए।

नेपाल पर्यटन बोर्डसँग मिलेर च्यारिटीसहित सद्भावना कन्सर्टको रुपमा अघि बढाउने लागिएको हो।

प्रतिक्रिया
New_Project_8_W1khWUQq7Y