शेयर बजार झन्डै ९ अङ्कले घट्याे

पालिका डायरी
१७ असार २०७९, १३:४४

काठमाण्डाै /  शेयर बजार आज शुक्रवार झन्डै नाै अङ्कले घटेकाे छ । काराेबार हुने अन्तिम दिन शुक्रवार शेयर बजार परिसूचक नेप्से आठ दशमलव ८७ अङ्कले घटेर दुई हजार २८ दशमलव ७७ विन्दुमा झरेको छ ।

आज दुई सय २१ वटा कम्पनीकाे ३६ लाख ६३ हजार कित्ता शेयर एक अर्ब ४५ करोड ९३ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको पाँच करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज स्ट्यान्डर्ड चार्टर बैंक र युनाइटेट इन्सुरेन्स कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि आँधीखोला लघुवित्त वित्तीय संस्था र सीवाईसी लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया