चट्याङ लागेर एक जनाको मृत्यु

पालिका डायरी
१४ असार २०७९, १२:१९

रुपन्देहीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सियारी गाउँपालिका-२ का ४५ वर्षीय रामनाथ बरही रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए।

प्रहरी प्रवक्ता पौडेलका अनुसार मंगलबार बिहान खेतमा काम गर्न गएका उनकाे चट्याङ लागेर मृत्यु भएको हाे।

प्रतिक्रिया