युक्रेनको व्यस्त सपिङ मलमा रुसको मिसाइल हमला

पालिका डायरी
१४ असार २०७९, १०:०७
युक्रेनको व्यस्त सपिङ मलमा रुसको मिसाइल हमला

युक्रेनको एक व्यस्त सपिङ मललाई लक्षित गर्दै रुसले हवाई आक्रमण गरेको छ ।

कम्तिमा पनि एक हजार मानिस हलभित्र रहेको अनुमान थियो । त्यहाँका राष्ट्रपति भ्लोद्मिर जेलेन्स्कीले एकहजार जना भित्र भए पनि धेरै मानिस बाहिर निस्कन सफल भएको बताएको सीएनएनले जनाएको छ ।

त्यो समयमा धेरै मानिस बाहिर निस्कन सफल भएको उनले बताएका छन् । तर त्यहाँ कामदार र केही सर्वसाधारण रहेको अनुमान गरिएको छ ।

बीबीसीका अनुसार उक्त आक्रमणमा कम्तिमा पनि १६ जनाको मृत्यु भएको छ । जी ७ को बैठक चलिरहेका बेला यो हवाई हमला भएको थियो ।

बीबीसीले जनाएअनुसार त्यहाँ मर्नेको संख्या निकै बढ्न सक्ने देखिएको छ ।

प्रतिक्रिया