आलियाको बलियो भाग्य: पेटमा बच्चा, हातमा फिल्मै फिल्म

पालिका डायरी
१३ असार २०७९, १४:५९
आलियाको बलियो भाग्य: पेटमा बच्चा, हातमा फिल्मै फिल्म

एजेन्सीः बलिउड अभिनेत्री आलिया भट्टको जीवन यतिबेला चम्किलो बनेको छ। आलिया आज मात्रै इन्स्टाग्राममार्फत आफू आमा बन्न लागेको खबर सार्वजनिक गरेकी थिइन्।

आलियाले सार्वजनिक गरेको फोटोमा उनका श्रीमान् रणवीर छेउमै बसेका छन्। उनीहरू दुवै मनिटरमा बच्चा हेरिरहेका छन्। अनि त्यही पोस्टको अर्को फोटोमा उनले सिंह, सिंहिनी र डमरुको फोटो शेयर गरेकी छिन्। अर्थात् उनको परिवार अब पूरा हुँदैछ।

यतिबेला आलिया बच्चाको आगमनको खबरले मात्र खुशी छैनन्। उनको जीवनमा खुशीको लहरै छ। पेटमा बच्चा र हातमा फिल्मै फिल्म छन्।

आलियाको पाइपलाइनमा यतिबेला ‘रकी और रानीकी प्रेम कहानी’, ‘डार्लिङ्ग्स’ छन्। यस्तै ९ सेप्टेम्बरमा उनको ‘ब्रह्मास्त्र’ पनि रिलिज हुँदैछ। ब्रह्मास्त्रमा उनी रणवीरसँगै देखिँदैछिन्।

अरू त अरू आलिया हलिउड फिल्म पनि गर्दैछिन्। उनी अहिले बेलायतको लण्डनमा ‘हार्ट अफ स्टोन’को शुटिङमा व्यस्त छिन्। आलियाको हातमा यति धेरै फिल्म भए पनि अब गर्भवती भएपछि कसरी सेड्युल मिल्छ भन्नेबारे भने केही खुलेको छैन।

प्रतिक्रिया
16563182951656318295