मन्त्री भएपछि मेटमणिले भने– पदको दुरुपयोग गर्दिनँ

पालिका डायरी
१३ असार २०७९, १४:१२
मन्त्री भएपछि मेटमणिले भने– पदको दुरुपयोग गर्दिनँ

काठमाडौं / सहरी विकासमन्त्री मेटमणि चौधरीले आफूले पदको दुरुपयोग नगर्ने बताएका छन् । आइतबार मन्त्रीका रूपमा शपथग्रहण गरेपछि मन्त्री चौधरीले आफ्नो योग्यता र क्षमताअनुसार काम गर्ने बताए ।

“मन्त्री पदको दुरुपयोग गर्ने छैन,” पदभार ग्रहणपछि चौधरीले भने, “मेरो योग्यता, क्षमताअनुसार अधिकतम परिणाम दिनेगरी काम गर्नेछु ।”

एकीकृत समाजवादीले केही दिनअघि नै पुराना मन्त्री फिर्ता बोलाउँदै नयाँ मन्त्री पठाउने निर्णय गरे पनि बहालमा रहेका निवर्तमान मन्त्रीहरूको असहयोग र बजेटको कारण देखाउँदै प्रधानमन्त्रीले पनि नयाँ मन्त्री बनाउने घोषणा गरेका कारण नयाँ मन्त्रीहरूको नियुक्तिमा ढिलाइ भएको थियो ।

प्रतिक्रिया