काठमाडौँको मित्रनगरस्थित क्याफेबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

पालिका डायरी
११ असार २०७९, १७:१८
काठमाडौँको मित्रनगरस्थित क्याफेबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

काठमाडौँको एक क्याफेबाट पेस्तोल र गोलीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरपालिका-२६ मित्रनगरस्थित क्याफेबाट १ थान कटुवा पेस्तोल र १ थान गोलीसहित उनीहरुलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा नवलपरासी बर्दघाट नगरपालिका(१४ घर भएका ३० वर्षीय राजु विक र बाँके खजुरा गाउँपालिका-१ घर भएकी २१ वर्षीया अस्मिता विक रहेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले क्याफेमा खानतलासी गर्दा उनीहरूलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको प्रहरीको भनाइ छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया