शुक्रबार राति दुर्घटनामा घाईते भएका चालकको मृत्यु

पालिका डायरी
११ असार २०७९, १७:१५
मनहरीमा आफ्नै घरमा महिला मृत अवस्थामा फेला

हेटौंडा /  गएराति पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-९ हनुमानगेट नजिक तीन सवारी एक आपसमा ठोक्किदा दुर्घटना हुँदा १६ जना घाईते भएकाहरु मध्ये १ जनाको मृत्यु भएको छ ।

शुक्रबार राति पौने ८ बजे हेटौंडाबाट विरगंजतर्फ जाँदै गरेको बा ८ ख ६३४६ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको लु २ ख २७५८ नम्बरको ट्याङ्कर र बसको पछाडिबाट आइरहेको लु ४६ प ६१३० नम्बरको मोटरसाईकल बसमा ठोकिएको प्रहरीले जनाएको छ ।

यात्रुबहाक बस, ट्याङ्कर र मोटरसाईकल एक आपस ठोक्किदा गम्भिर घाईते भएका ट्याङ्कर चालक नवलपरासी बर्दघाट–१ का सन्जीव रानाको उपचारको क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

दुर्घटनामा १६ जना घाइते भएकामा ट्याङ्कर चालक र मोटरसाइकल चालकलाई उपचारका लागि चितवन पठाइएको थियो । ट्याङ्कर चालकको चितवनमा उपचारको क्रममा मृत्यु भएको र मोटरसाइकल चालकको उपचार भईरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

यस्तै दुर्घटनामा घाइते भएकाहरु मध्ये १४ जनाको उपचार हेटौंडा अस्पतालमा भईरहेको र स्वास्थ्य अवस्था सामान्य भएकाहरु डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया