विवादबीच समाजवादीको पोलिटब्युरो बैठक

पालिका डायरी
१० असार २०७९, १३:०४
विवादबीच समाजवादीको पोलिटब्युरो बैठक

काठमाडौँ / जेठ १७ मा भएको मन्त्री हेरफेरको निर्णयका कारण गम्भीर विवादमा फसेको सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्युरो बैठक शुक्रबार दिउँसो बस्दैछ ।

पार्टीका उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार यो बैठकको पहिलो एजेन्डाका रुपमा अध्यक्ष माधवकुमार नेपालले प्रतिवेदन पेश गर्दैछन् ।

त्यसैगरी दोस्रो एजेन्डाका रुपमा अहिलेको समसामयिक राजनीतिक अवस्थाबारे अध्यक्ष नेपालले मन्तव्य दिँदैछन् । त्यसपछि बैठकमा पोलिटब्युरो सदस्यहरुले आफ्ना धारणा राख्ने कार्यक्रम छ ।

त्यसैगरी स्थानीय तह निर्वाचनबारे बैठकमा समीक्षा कार्यक्रममा पनि तय गरिएको छ । यो बैठकले पार्टीको आगामी रणनीति र योजनाबारे पनि छलफल गर्ने उनले बताएका छन् ।

 

प्रतिक्रिया
ekikrit-samajbadi-meeting-2_Lkb3wehsTQ