मकवानपुरको गाउँ / नगर सभा : कुन पालिकाले कति ल्याउँदै बजेट ?

पालिका डायरी
१० असार २०७९

सुनिता बिष्ट

हेटौंडा / देशका ७ सय ५३ स्थानीय तहहरु शुक्रबार आगामी आर्थिक बर्ष २०७९÷८० को नीति कार्यक्रम तथा बजेट ल्याउने तयारीमा छन् । यसै अनुरुप मकवानपुरका १० स्थानीय तहहरुले पनि आज आगामी आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्न लागेका हुन् । गाउँ÷नगर सभाले आगामी आर्थिक बर्षको लागि योजना, कार्यक्रम तथा वजेट ल्याउने छ । स्थानीय तहको निर्वाचन पछिको पहिलो सभाले मकवानपुरको १० वटै स्थानीय तहमा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र सडक पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखेर कार्यक्रम ल्याउने स्थानीय तहका पदाधिकारीहरुले बताएका छन् ।

हेटौंडा
बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७९÷८० को लागि शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र भौतिक पूर्वाधारलाई समेटेर कार्यक्रम ल्याउन लागेको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले जानकारी दिए । यि क्षेत्रहरुलाई समेट्दै लानको लागि हेटौंडा उपमहानगरपालिकाले २ अर्ब ७० करोड रुपैंया बरावरको बजेट ल्याउने तयारीमा छ, प्रवक्ता न्यौपानेले भने ।

थाहा
मकवानपुरको एक मात्रै नगरपालिका थाहा नगरपालिकाले आगामी आर्थिक बर्षको लागि शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरिने नगरापालिकाका मेयर विष्णु बिष्ट आदर्शले जानकारी दिए । विभिन्न योजनाहरु समेटेर ल्याइन लागेको नीति तथा कार्यक्रमका लागि थाहानगरपालिकाले १ अर्ब ८ करोड रुपैंया बराबरको बजेट ल्याउन लागिएको मेयर बिष्टले बताए ।

मनहरी
जिल्लाको मनहरी गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि लगभग १ अर्ब रुपैंया बरावरको बजेट ल्याउन लागेको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए । मनहरीले शिक्षा, स्वास्थ्य र कृषिलाई मुख्य प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रमा समावेश गरेको अध्यक्ष कालाखेतीले बताए ।

मकवानपुरगढी
जिल्लाको मकवानपुरगढी गाउँपालिका शुक्रबार नै गाउँ सभा गर्ने तयारीमा रहेको गाउँपालिका अध्यक्ष दावा दार्जे लामाले जानकारी दिए । गाउँसभाको तयारी स्वरुप गृहकार्य भैरहेको यद्यपी, कार्यक्रहरु भ्ने बन्न बाँकी नै रहेको लामाले बताए । उनले भने ः गाउँसभा त हुन्छ । त्यसैको लागि तयारीमा जुटेका छौं । शुक्रबार बिहान सम्ममा हामी टुङ्गो लगाएर नीति कार्यक्रम र बजेट सार्वजनिक गर्छौं । अध्यक्ष लामाका अनुसार गृहकार्य र तयारीमा ढिलाई हुँदा बिहिबार साँझसम्म पनि कार्यक्रमको टुङ्गो लगाउन नसकिएको हो ।

बकैया
बकैया गाउँपालिकाले पनि आगामी आर्थिक बर्षको लागि शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार र कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउने गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले जानकारी दिए । बिशेष प्राथमिकतामा भने कृषि उद्यम क्षेत्र बनाउने नै रहेको लामिछाने बताउँछन् । उक्त नीति तथा कार्यक्रमको लागि गाउँपालिकाकाले लगभग ७५ करोड रुपैंयाको बजेट गाउँसभामा प्रस्तुत गर्न लागिएको अध्यक्ष लामिछानेले जानकारी दिए ।

बागमती
जिल्लाको बागमती गाउँपालिका शुक्रबार नै गाउँ सभा गर्ने तयारीमा रहेको गाउँपालिका अध्यक्ष शर्केस घलानले जानकारी दिए । गाउँसभाको तयारी स्वरुप गृहकार्य भैरहेको यद्यपी, कार्यक्रहरु भ्ने बन्न बाँकी नै रहेको घलानले जनाकारी दिए । गाउँसभाको तयारीमा रहेको बताउँदै अध्यक्ष घलानले। त्यसैको लागि तयारीमा जुटेको बताएं । उनले भने ः शुक्रबार बिहान सम्ममा हामी टुङ्गो लगाएर नीति कार्यक्रम र बजेट सार्वजनिक गर्छौं । अध्यक्ष लामाका अनुसार गृहकार्य र तयारीमा ढिलाई हुँदा बिहिबार साँझसम्म पनि कार्यक्रमको टुङ्गो लगाउन नसकिएको हो ।

राक्सिराङ
राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि ५५ देखि ६० करोडको हाराहारीमा बजेट ल्याउन लागेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र कृषिलाई प्राथमिकतामा राखेर कार्यक्रमहरु बनाइएको अध्यक्ष मल्लको भनाइ छ । बिशेष प्राथमिकतामा भने कृषि उद्यम क्षेत्र बनाउने नै रहेको मल्ल बताउँछन्

कैलाश
जिल्लाको कैलाश गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९÷८० को लागि सडक पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखेर नीति कार्यक्रम तथा बजेट ल्याउन लागेको गाउँपालिका अध्यक्ष बालकुमार मल्लले जानकारी दिए । उनले भने ः ‘सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेका छौं । त्यसपछि स्वास्थ्य, शिक्षा, खानेपानी र कृषिलाई जोड दिने किसिमको कार्यक्रमहरु समावेश गरेका छौं ।’ उक्त कार्यक्रमहरुको लागि कैलाश गाउँपालिकाले लगभग ५१ करोड बराबरको बजेट ल्याउन लागिएको अध्यक्ष मल्लले जानकारी दिए ।

भीमफेदी
जिल्लाको भीमफेदी गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि ७० करोडको हाराहारीमा बजेट ल्याउने बताएको छ । शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र सडक पूर्वाधार समेट्नेगरी ७० करोडको बरावरीमा बजेट ल्याउन लागिएको गाउँपालिका उपाध्यक्ष संजिव श्रेष्ठले जानकारी दिए ।

इन्द्रसरोवर
जिल्लाकै सानो क्षेत्र समटेको इन्द्रसरोवर गाउँपालिकाले शिक्षा, स्वास्थ्य, बृद्धबृद्धाको सरोकार, कृषि लगाएतको क्षेत्रलाई समेटेर आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम ल्याउन लागिएको गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए । उक्त कार्यक्रमहरुको लागि पालिकाले लगभग ४६ करोड देखि ४८ करोड सम्मको बजेट ल्याउने तयारी रहेको अध्यक्ष पुडासैैनीको भनाई छ ।

 

प्रतिक्रिया
budget_4_Dnc7Pk74sd