सर्लाहीको छटीघाट पुलबाट कार खस्यो

पालिका डायरी
५ असार २०७९
accident

सर्लाहीको धनकौन गाँउपालिका–५ स्थित छटीघाट पुलबाट गएराती कार तल खस्दा कारमा सवार १ बालकको मृत्यु भएको छ । दुर्घटनामा ७ जना यात्रु घाइते भएका छन् । सर्लाहीको छतौनाबाट रौटहटको वृन्दावन हरैया तर्फ जाँदै गरेको भारतीय नम्बरको कार गएराती एक बजे पुलबाट अन्दाजी १५ फिट तल खसेको थियो ।

दुर्घटनामा रौतहटको बृन्दावन नगरपालिका–४ का शुभलाल यादवका ४ बर्षीय छोरा गम्भीर यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका सबैलाई उपचारको लागी बरहथवा स्थित एडभान्स संजिवनी अस्पताल पठाइएको छ ।

घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटना पछि फरार भएका कार चालकको खोजी भइरहेको छ ।

प्रतिक्रिया