एसपीपी सम्झौताको ‘च्याप्टर क्लोज’ भइसक्यो : परराष्ट्रमन्त्री खड्का

पालिका डायरी
३ असार २०७९, १२:४०
एसपीपी सम्झौताको 'च्याप्टर क्लोज' भइसक्यो : परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) सम्झौताको ‘च्याप्टर क्लोज’ भइसकेको बताएका छन् । शुक्रबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री खड्काले प्रधानमन्त्रीको तहबाट पनि सम्झौता हुँदैन भनिसकेकाले अब एसपीपीको ‘च्याप्टर क्लोज’ भएको बताएका हुन् ।

उनले भने, ‘स्टेट पार्टनरसीप प्रोगाम नेपाललाई स्वीकार्य छैन । नेपाली सेनाको विज्ञप्ति आइसकेको छ । यो अगाडि बढ्दैन ।’ नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी नहुने पनि उनले प्रष्ट पारे । उनले भने, ‘यो नेपालको हितमा छैन । हिजो गृहमन्त्रीले पनि हिजो भनिसक्नु भएको छ । अमेरिकी दुतावासले पनि भनिसकेको छ ।’

अब एसपीपीलाई धेरै उचाल्न आवश्यक नभएको पनि खड्काले बताए । ​

प्रतिक्रिया
narayan-khadka_t1ueyu1mqb