फ्री फायरले लगायो १९ लाख अकाउन्टमाथि प्रतिबन्ध

पालिका डायरी
२८ जेष्ठ २०७९
फ्री फायरले लगायो १९ लाख अकाउन्टमाथि प्रतिबन्ध

गरिना फ्री फायरले गेममा छेडछाड गरेको भन्दै दुई हप्ताभित्र करिब १९ लाख ३८ हजार अकाउन्ट माथि प्रतिबन्ध लगाएको छ । गरिनाले प्रतिबन्ध लगाएका अकाउन्टमा धेरै फाइलमा परिवर्तन (कन्फिग) गरेका अकाउन्ट रहेका छन् ।

गरिनाले फाइलमा परिवर्तन गरेको भन्दै करिब १० लाख अकाउन्टमाथि प्रतिबन्ध लगाएको छ । त्यस्तै अटो-एम ह्याक प्रयोग गरेका कारण छ लाखभन्दा बढी अकाउन्ट प्रतिबन्धमा परेका छन् ।

यसैगरी एक लाख ५० हजारभन्दा धेरै अकाउन्ट टेलिपोर्ट ह्याक गरेका कारण प्रतिबन्ध लगाइएको छ । साथै अन्य कारण देखाउँदै एक लाखभन्दा धेरै अकाउन्टमाथि प्रतिबन्ध लगाइएको छ ।

गरिनाले यसै रिपोर्टमार्फत गेम ह्याक गरेर वा गेमको फाइलमा छेडछाड गरेर खेल्नेहरुसँग नखेल्न पनि सबै खेलाडीहरु सँग आग्रह गरेको छ ।

यसाे गर्दा गेम अनुशासित हुनुको साथै सबै खेलाडीको ब्याटल अनुभव सुरक्षित हुने गरिनाको विश्वास रहेको छ ।

प्रतिक्रिया