सहकारी संस्थाद्धारा सिआन पुर्नस्थापना केन्द्रलाई चाउमिन मेसिन सहयोग

पालिका डायरी
२७ जेष्ठ २०७९

हेटौंडा / हेटौंडा ९ मा रहेको सिआन पुर्नस्थापना केन्द्रलाई व्यवसायमा प्रवद्र्धन गर्ने उदेश्यले चाउमिन बनाउने मेसिन सहयोग गरिएको छ । हेटौडा २ मा रहेको समता महिला बिकास बचत तथा सहकारी संस्थाद्धारा शुक्रबार उक्त चाउमिन मेकर मेसिन हस्तान्तरण गरिएको हो । तीन लाख रुपैंया मूल्य बराबरको मेसिन सहयोग सहयोग स्वरुप प्रदान गरिएको सिआन पुर्नस्थापना केन्द्रका संस्थापक अध्यक्ष सौजन डिसीले जानकारी दिए ।


उक्त मेसिन हस्तान्तरण कार्यक्रममा सहकारी संस्थाका निवर्तमान अध्यक्ष सारदा ढोदरि, सचिव ईन्दिरा लामिछाने, निवर्तमान सचिव जानुका श्रेष्ठ र कोषाध्यक्ष सूचना श्रेष्ठको उपस्थिति रहेको थियो । सिआन पुर्नस्थापना केन्द्रका अध्यक्ष डिसीलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो । मेसिन उपलब्ध गराएकोमा समता महिला बिकास बचत तथा सहकारी संस्थालाई धन्यवाद दिदैं अबको ३ महिनामा सिआनले उत्पादन गरेको चाउमिन बजारमा आउने डिसीले बताए ।

प्रतिक्रिया
286871900_413257633846382_1125589224614125984_n