आँबुखैरेनीमा भित्ता खारेर तत्काल यातायात सञ्चालन गरिँदै

पालिका डायरी
२७ जेष्ठ २०७९, १५:०१

पृथ्वी राजमार्गको तनहुँस्थित आँबुखैरेनीमा पहाडको भित्ता खारेर यातायात खुलाउने तयारी थालिएको छ । शुक्रबार बिहान सडक भासिएपछि यातायात अवरुद्ध भएपछि दुवैतर्फ सयौँ सवारी साधन र यात्रु अलपत्र रहेका छन् ।

पहिरोसँगै कार खस्दा दुई जनाको मृत्युसमेत भएको छ । मृतकमध्ये एक जनाको सनाखत भएको छ ।

सडक डिभिजन कार्यालय दमौलीकी प्रमुख इन्जिनियर लक्ष्मी केसीका अनुसार अहिले एम्बुलेन्स र साना गाडी पास हुने गरी भित्ता खारिँदैछ । ‘हामीले एक्स्काभेटर पठाएर काम सुरु गरिसकेका छौँ । अहिले एम्बुलेन्स र रोकिएका मोटरसाइकल पठाइरहेका छौँ । बेलुकासम्म एकतर्फी रूपमा यातायात सञ्चालन हुने गरी काम गरिरहेका छौँ,’ इन्जिनियर लक्ष्मी केसीले जानकारी दिइन् ।

दीर्घकालीन समाधानका लागि जमिनको अवस्था हेरेर बेलिब्रिज राख्न सकिने पनि उनले बताइन् । ‘अहिलेलाई दुवैतर्फ रोकिएका गाडीहरू पठाउनका लागि एकर्तफी सडक खोल्छौँ, त्यसछि बेलिब्रिज राख्ने विषयमा अध्ययन् हुन्छ,’ केसीले भनिन् ।

प्रतिक्रिया