आन्दोलनरत लगानीकर्ताको आन्दोलन आज पनि जारी

पालिका डायरी
२६ जेष्ठ २०७९, १४:०२
आन्दोलनरत लगानीकर्ताको आन्दोलन आज पनि जारी

विगत केहि दिनदेखि आन्दोलनरत लगानीकर्ताले आज पनि आन्दोलन जारी राख्ने भएका छन्। लगानीकर्ताले केहि दिनअघि धितोपत्र बोर्डमा ज्ञापन पत्र बुझाउदै आन्दोलनको सुरुवात गरेका थिए।

नेप्से अगाडि प्रदर्शन गर्न गएका लगानीकर्ताहरुलाई प्रहरीले उक्त क्षेत्रमा प्रदर्शन गर्न नदिएपछि लगानीकर्ताहरुले माइतिघरमा प्रदर्शनी जारी राख्दै आएका छन्।

पूँजी बजार संघर्ष समितिका संयोजक तिलक कोइरालाले आज पनि आन्दोलन जारी राख्ने भन्दै लगानीकर्ता सँघ सँगठनका अध्यक्षहरुलाई पनि माइतिघरमा आउन आग्रह गरेका छन्।

 

प्रतिक्रिया