‘छक्कापञ्जा ४’ निर्देशन गर्दै हेमराज बीसी

पालिका डायरी
२३ जेष्ठ २०७९, १२:१८
‘छक्कापञ्जा ४’ निर्देशन गर्दै हेमराज बीसी

‘छक्कापञ्जा ४’ फिल्मलाई हेमराज बीसीले निर्देशन गर्ने भएका छन् । निर्माता र निर्देशक बीसीबीच लिखित सहमति भएको छ ।

अहिले निर्माता एवं अभिनेता दीपकराज गिरी र निर्देशक बीसीले मिलेर पटकथा लेखिरहेका छन् । आगामी साता फिल्मको स्क्रिप्टलाई अन्तिम रुप दिने तयारी भइरहेको गिरीले बताए ।

‘निर्देशकको रुपमा हेमराज बीसी कन्फर्म हुनुभएको छ । बाँकी कलाकार चाँडै तय हुनुहुनेछ,’ गिरीले अनलाइनखबरसँग भने । यसअघिका तीनैवटा सिक्वेललाई दीपाश्री निरौलाले निर्देशन गरेकी थिइन् ।

‘छक्कापञ्जा’को चौथो सिक्वेलमा दीपाश्री निरौलालाई पनि अभिनेत्रीको रुपमा हेर्न पाइने भएको छ । सन् २०१३ मा ‘होस्टेल’ निर्देशनसँगै नेपाली फिल्ममा करिअर थालेका बीसीले सम्बोधन, गाजलु, द ब्रेकअप, ग्याङस्टर ब्लुज र घामड शेरे निर्देशन गरेका छन् । ‘छक्कापञ्जा ४’लाई असार पहिलो सातादेखि छायांकन सुरु गर्ने तयारी छ ।

प्रतिक्रिया