मेयर बालेन र बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेबीच भेटवार्ता

पालिका डायरी
२२ जेष्ठ २०७९, १२:१६

काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच भेटवार्ता भएकाे छ। दुवैबीच आज बिहान भेटघाट भएकाे हाे।

भेटवार्ताकाे क्रममा दुवैबीच फोहोरमैलाको व्यवस्थापन, सुशासन, सेवा प्रवाह र सम्पदा संरक्षणको क्षेत्रमा आगामी दिनमा बागमती प्रदेश सरकार र महानगरपालिकाले परिणाममुखी सहकार्य गर्ने विषयमा छलफल भएको छ।

मेयर बालेन पछिल्लाे पटक भेटघाटमा सक्रिय छन्। उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीसँग भेटवार्ता गरिसकेका छन्।

प्रतिक्रिया
balen-and-pandey