बंगलादेशको कन्टेनर डिपोमा आगलागी हुँदा १६ जनाको मृत्यु

पालिका डायरी
२२ जेष्ठ २०७९, ११:५९
बंगलादेशको कन्टेनर डिपोमा आगलागी हुँदा १६ जनाको मृत्यु

बंगलादेशमा एक निजी कन्टेनर डिपोमा विस्फोटको कारण भएको ठूलो आगलागीमा परि १६ जनाको मृत्यु र ४५० जना भन्दा बढी घाइते भएका छन् |

उक्त डिपोमा भएको आगलागी र त्यसपछिका विष्फोटमा परी कम्तीमा १६ जनाको ज्यान गएको छ भने घटनामा प्रहरी र दमकलका कर्मचारीसहित सयौं मानिस जलेर घाइते भएका छन् |

केमिकलका कारण कन्टेनर डिपोमा आगलागी भएको आशंका गरिएको एक अधिकारीले जनाएका छन् । राति ११ बजेर ४५ मिनेटमा एउटा कन्टेनरमा केमिकल भएकोले ठूलो विष्फोट भएको थियो र एक कन्टेनरबाट अर्को कन्टेनरमा आगो फैलिएको थियो ।

प्रतिक्रिया