रसिया युक्रेन युद्धको १०२ दिन : कीभमा शक्तिशाली विस्फोट, अवस्था ‘अति कठिन’

पालिका डायरी
२२ जेष्ठ २०७९, ११:५५
युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आगो लाग्याे : स्थानीय अधिकारी

युक्रेनको राजधानी कीभमा शक्तिशाली विस्फोट भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। रसिया र युक्रेनबिच युद्ध भएको १०२ दिन पुग्दा कीभमा नै आक्रमण भएको युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्सकीले बताएका छन्।

रसियाले युक्रेनको दुई विद्रोही क्षेत्रलाई स्वतन्त्र राज्य घोषणा गरेपछि सुरु भएको युद्धको असर कीभमा कम थियो। केही हप्तायता कीभमा कुनै पनि हिंसात्मक घटना भएको थिएन। अहिले डोनबास र लुहान्सक क्षेत्रमा दुक्ष देशबिच युद्ध जारी छ।

जेलेनस्कीले युक्रेनको प्रमुख चर्च रसियाको आक्रमणबाट धवस्त भएको बताएका छन्। स्भितोह्रिस्क लाभरामा रहेको पवित्र ‘अर्थोडक्स’ इसाइ क्षेत्रहरु रसियाको निशानामा परेको उनले बताएका हुन्। आक्रमणका कारण एकजना घाइते भएको त्यहाँका मेयर भिताली क्लिटस्चकोले जानकारी दिएका छन्। हाल उनको अस्पतालमा उपचार भइरहेको छ। उनले कीभमा धेरैपटक विस्फोटको आवाज सुनिएको समेत बताएका छन्। विस्फोट भएको क्षेत्रमा सुरक्षाकर्मी तैनाथ भएको उनले बताएका छन्।

उनले सेभेरेडोन्टेस्कमा युद्ध जारी रहेको भन्दै त्यहाँको अवस्था ‘अति कठिन’ रहेको बताएका छन्।

हालसम्म युक्रेनले रसियाले नियन्त्रणमा लिएको २० प्रतिशत क्षेत्र फिर्ता लिइसकेको दाबी गरिएको छ। युद्धका कारण हालसम्म करिब ७० लाख मानिस पलायन भइसकेका छन्। यसरी देश छाडेर जानेमा धेरैजसो महिला र बालबालिका छन्। सबैभन्दा बढी युक्रेनी पोल्यान्ड पुगेका छन्। त्यहाँ ३६ लाख भन्दा बढीले शरण लिइरहेका छन्। स्लोभाकिया, मोल्डोभा, हंगेरी रोमानिया र बेलारुसमा पनि लाखौं युक्रेनी पुगेका छन्।

रसियामा मात्रै १० लाख युक्रेनीहरु शरण लिन पुगेका छन्। युक्रेनले भने रसियाले जबरजस्ती बालबालिकालाई लगिरहेको आरोप लगाएको छ।

दुई देशबिच युद्ध रोकेर शान्ति कायम गर्न विभिन्न प्रयास भइरहेको छ। दुवै पक्षले विभिन्न समयमा वार्ता गरे पनि सफल हुन सकेको छैन।

प्रतिक्रिया