अन्दोलन गर्दै सेयर बजारका लगानीकर्ता, भन्छन्,‘डुब्यो करोडौँ लगानी’

पालिका डायरी
२१ जेष्ठ २०७९, ११:४२
अन्दोलन गर्दै सेयर बजारका लगानीकर्ता, भन्छन्,‘डुब्यो करोडौँ लगानी’

सेयर बजारमा करोडौँ लगानी डुबेको भन्दै सेयरबजार लगानीकर्ताहरुले आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएका छन्।

सरकारका नीति तथा कार्यक्रम स्पष्ट नहुदाँ सेयर बजारका सर्वसाधरण लगानीकर्ताहरुको करोडौँ लगानी डुब्दै गएपछि लगानीकर्ताहरुले शनिबार आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेका हुन्।

शनिवार बिहान ११ बजे बाल्मिकीमा सर्वसाधारण लगानीकर्ताकोसमेत उपस्थितिमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने अगुवा तिलक कोइरालाले जानकारी दिए।

‘बाल्मिीकी क्याम्पसमा आज हुने छलफल पछि आन्दोलनका कार्यक्रम तय गर्नेछौँ भने यसबीचमा माग पूरा नभएमा १ असारबाट म आफै आमरण बस्नेछु’, कोइरालाले भने।

शीर्ष नेताहरुको अभिव्यक्तिलगायतका कारणले सेयर बजारमा नकारात्मक असर परेको र त्यस्ता अभिव्यक्ति नदिनलगायत झन्डै २ दर्जन माग राखेर सेयरकर्ताका लगानीकर्ताहरू आन्दोलनमा उत्रिन लागेका हुन्।

प्रतिक्रिया