सानिमा बैंकको २५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

पालिका डायरी
२० जेष्ठ २०७९, ११:२८
सानिमा बैंकको २५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

सानिमा बैंकका एक संस्थापक सेयरधनी डा.निरज गोविन्द श्रेष्ठले आफ्नो स्वामित्वमा रहेको २५ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेका छन् । यसमा बैंकका संस्थापक सेयरधनीले न्यूतम २०० रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीले अबको ३५ दिनभित्र सानिमा बैंकको प्रधान कार्यालय, नारायणचौर, नक्साल, काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिनेछ ।

प्रतिक्रिया