पल शाहकाे मुद्दाबारे उच्च अदालतमा बहस चल्दै

पालिका डायरी
१९ जेष्ठ २०७९
पल शाहलाई प्रहरीले लियो नियन्त्रणमा

बलात्कार आराेपमा मुद्दा खेपिरहेका अभिनेता पल शाहकाे साधारण तारेख मागसम्बन्धी निवेदनमा उच्च अदालतमा वहस सुरु भएकाे छ ।

न्यायधीश द्वय ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीकाे संयुक्त इजलासमा दुवै तर्फका वकिलहरुले बहस गरिरहेका छन् । पल शाहकाे ५ जना र प्रतिवादीकाे तर्फबाट २ जना वकिलले बहस गर्दैछन् ।

उच्च अदालत पाेखरामा शाहकाे तर्फबाट वकिलहरुले निवेदन दिएका थिए । ११ फागुनमा शाहले अदालतमा आत्मसमर्पण गरेका थिए । १० चैतमा उनलाई पुर्पक्षका लागि जिल्ला अदालतले जेल चलान गरेकाे थियाे ।

प्रतिक्रिया