लगातार चौथो दिन पनि शेयर बजार ओरालो, १ अर्ब १६ करोड रुपैयाँको कारोबार

पालिका डायरी
१९ जेष्ठ २०७९, १५:३१
लगातार चार दिन बढेको शेयर बजार आज घट्यो

लगातार चौथो दिन आज बिहीवार पनि शेयर बजार ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव २६ अङ्कले घटेर दुई हजार एक सय १२ दशमलव ४७ विन्दुमा झरेको छ ।

आज म्युचल फन्डबाहेक अरू सबैजसो समूहको शेयर ओरालो लागेकोमा बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ । दुई सय २७ वटा कम्पनीकाे ३५ लाख ६६ हजार कित्ता शेयर एक अर्ब १६ करोड १५ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै माउन्टेन हाइड्रो नेपालको १२ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै प्रभु लाइफ इन्सुरेन्स कम्पनीको शेयर साढे ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि बलेफी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया