पाँच महिने चुनावी सरकारले अचम्म–अचम्मका कार्यक्रम ल्यायो : पौडेल
file photo
काठमाडौं / पूर्व अर्थमन्त्री तथा एमालेका संसद विष्णुप्रसाद पौडेलले पाँच महिने चुनावी सरकारले अचम्म–अचम्मका कार्यक्रमहरू प्रस्तुत गरेको बताएका छन्।
आइतबार संघीय संसद्मा प्रस्तुत भएको बजेटको छलफलमा सहभागी हुँदै पूर्व अर्थमन्त्री पौडेलले उक्त कुरा व्यक्त गरेका हुन्। उनले सरकारले बजेटमा राखेको कोशी–कर्णाली जोड्ने, चतरा–सगरमाथा जोड्ने सडकको उदाहरण दिँदै सम्भव नहुने अचम्मको कार्यक्रम ल्याएको र यो आसन्न चुनावसम्म मात्र रहने सरकार भएकोले यो बजेट नारामा अल्मलिएको टिप्पणी गरे।
प्रतिक्रिया