रुसी सेनालाई रोक्न युक्रेनले डुबायो गाउँ, घरहरू अझै पनि पानीमुनि

पालिका डायरी
१५ जेष्ठ २०७९, १५:१०
रुसी सेनालाई रोक्न युक्रेनले डुबायो गाउँ, घरहरू अझै पनि पानीमुनि

रुसी सैनिकहरूलाई अघि बढ्न नदिनका लागि युक्रेनी सैनिकहरूले देमिदिभ गाउँलाई जानाजान डुबाएको महिनौंपछि दर्जनौं घर अझै पनि पानीमुनि छन् ।

‘अहिले देमिदिभ गाउँका ५० वटा जति घर अझै पनि डुबेका छन्,’ क्षेत्रीय गभर्नर ओलेक्सी कुलेबाले टेलिग्राममा पोस्ट गर्दै जानकारी दिए । ‘मानिसहरूले परिस्थिति बुझेका छन् । हामी यो समस्या समाधानका लागि सम्पूर्ण प्रयास गरिरहेका छौं,’ उनले थपे ।

फेब्रुअरी महिनामा रुसले आक्रमण थालेलगत्तै युक्रेनी सेनाले राजधानी किएभ जाने महत्त्वपूर्ण पुल र सडकहरू भत्काएका थिए । रुसी सेनालाई अघि बढ्न नदिन उनीहरूले त्यसो गरेका थिए । उनीहरूले इर्पिन नदीको बाँध पनि खोलेर जानाजान देमिदिभ गाउँ डुबाएका थिए ।गाउँ छोडेर गएका गाउँलेहरू फर्किएका छन् किनकि रुसले किएभमा नभई पूर्वी युक्रेनमा सैन्य कारवाही केन्द्रित गरिरहेको छ ।

प्रतिक्रिया