पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्क विहीन

पालिका डायरी
१५ जेष्ठ २०७९, ११:२०
पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन file photo

पोखराबाट जोमसोम उडेको तारा एयरको एउटा जहाज सम्पर्कविहीन भएको छ। आइतबार बिहान पोखराबाट उडेको तारा एयरको ९ एनएइटी टि्वनअटर जहाज सम्पर्कविहीन भएको हो।

‘१० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा ल्यान्ड हुनुपर्ने थियो। मुस्ताङ जिल्लाभित्र छिरेपछि सम्पर्कविहीन भएको जानकारी आएको छ,’ मुस्ताङका प्रहरी प्रमुख डिएसपी रामकुमार दानीले सेतोपाटीसँग भने,‘जहाजको सोधीखोजी भइरहेको छ।’

जहाजमा चालक दलका सदस्यसहित १९ यात्रु थिए। विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया