मानिसबाट कुकुर बन्न १९ लाख खर्च

पालिका डायरी
१३ जेष्ठ २०७९, ०६:१४

संसारमा यस्ता धेरै व्यक्ति छन् जो आफ्नो अनौठो व्यवहारका कारण चर्चामा आउने गर्छन् ।

यस्तै एउटा अनौठो घटना जापानबाट आएको छ, जहाँ एक व्यक्तिको कुकुर बन्ने शौखले सबैलाई छक्क पारेको छ । टोको नामका जापानका यी व्यक्ति अहिले कुकुर बनेका छन् । मानिसबाट कुकुर बनेका टोकोले सामाजिक सञ्जालमा एउटा तस्बिर पनि सेयर गरेका छन् । सामाजिक सञ्जालमा यसको असाध्यै चर्चा भइरहेको छ ।

वास्तवमा, जापानमा बस्ने यी व्यक्तिको बाल्यकालदेखि नै कुकुरको जीवन जिउने सपना थियो । जापानको एक व्यावसायिक एजेन्सी जेपेट वर्कशप कम्पनीले टोकोलाई कुली प्रजातिको कुकुरमा परिणत गरेको छ ।

प्रतिक्रिया