भीमफेदी ८ का निर्वाचित वडा अध्यक्ष लामाले गरे पदभार ग्रहण

पालिका डायरी
१२ जेष्ठ २०७९, १४:५३
भीमफेदी ८ का निर्वाचित वडा अध्यक्ष लामाले गरे पदभार ग्रहण

हेटौंडा / भीमफेदी गाउँपालिका वडा नम्बर ८ का निर्वाचित वडा अध्यक्ष बिस्णु बहादुर लामाले पदभार ग्रहण गरेका छ्न ।

लामाले आज वडा अध्यक्षको पदभार ग्रहण गरेको हुन । पदभार ग्रहण पश्चात बोल्ने क्रममा लामाले सबै वडावासी मतदाताहरुदाई धन्यवाद दिँदै आफुले वडाबाट गर्ने काममा कसैप्रति विभेद नगरी सबैलाई समान रुपमा सेवा प्रवाह गर्ने बताए । लामाले वडाको विकासका लागि सबैको सल्लाह अनुसार सबैसंग हातेमालो गरि अगाडी बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

पदभार ग्रहण कार्यक्रममा निवर्तमान वडा सदस्य सुर्य बहादुर लोले सफल कार्यकालको शुभकामना व्यक्त गरे । उहाँले वडाको विकासमा नव निर्वाचित जनप्रतिनिधिलाई आफ्नो तर्फबाट सकेको सहयोग गर्ने बताए । कार्यक्रममा निर्वाचित वडा प्रतिनिधिहरु सीता थिङ्ग, चमेली बिक, नबराज अधिकारी र राजकुमा स्याङ्गतन लगाएत शिक्षक बुद्दिजिबी स्थानियको उपस्तिथी रहेको थियो ।

प्रतिक्रिया