पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध हेटौंडामा प्रदर्शन (तस्वीरहरु)

पालिका डायरी
१० जेष्ठ २०७९, २०:२५

हेटौंडा / हप्तैपिच्छे पेट्रोलियम पर्दाथमा मूल्यवृद्धि भएको भन्दै बागमती प्रदेशको राजधानी हेटौंडामा विरोध प्रदर्शन गरिएको हो ।

मंगलबार साँझ हेटौंडाको बुद्धचोकमा अनेरास्ववियु, राष्ट्रिय युवा संघ, नेपाल खेलकुद महासंघ , मुस्लिम ईत्तेहाद संघ लगाएत जनवर्गिय संगठनहरुले सडकको बीच भागमा मूल्यवृद्धि विरुद्ध फरक शैलिमा विरोध प्रदर्शन गरेका हुन् ।

उनिहरुले पेट्रोलियम पर्दाथमा भएको मूल्यवृद्धिले सवारी साधन चलाउन नसकिने संकेत गर्दै हेटौंडाको सिमाचोकबाट मोटरसाईकल डोराएर मूल्यवृद्धिको विरुद्ध प्रदर्शन गरे । यसैगरि,उनिहरुले सामान्य नागरिकले खाना पकाउने ग्याँस खरिद गर्न नसकिने गरि मूल्यवृद्धि भएको संकेत गर्दै सडकमै दाउरा बालेर चिया पाएर समेत प्रदर्शन गरे ।

उनिहरुले विरोध प्रदर्शनमा मूल्यवृद्धि फिर्ता गर, सडक हामी तताउंछौ मूल्यवृद्धि घटाउँंछौ, परमादेशी सरकार राजिनामा दे, लगायतको प्ले कार्ड बोकेका थिए । सरकारले गरेको मूल्यवृद्धि विरुद्ध देशभर प्रदर्शन भईरहेको छ ।

प्रतिक्रिया