हलिउड स्टार टम क्रुजको ‘मिसन इम्पोसिबल ७’को ट्रेलर रिलिज

पालिका डायरी
१० जेष्ठ २०७९, १५:०४
हलिउड स्टार टम क्रुजको ‘मिसन इम्पोसिबल ७’को ट्रेलर रिलिज

काठमाडौं / हलिउड स्टार अभिनेता टम क्रुजको बहुप्रतिक्षित फिल्म ‘मिसन इम्पोसिबल ७’को ट्रेलर सार्वजनिक भएको छ। फिल्मको ट्रेलर सोमबार सार्वजनिक भएको हो।

‘मिसन इम्पोसिबल ७’ फिल्म श्रृङ्खला ‘मिसन इम्पोसिबल’कै निरन्तरता हो। एक्सन स्पाई विधामा आधारित रहेको यो फिल्मलाई क्रिस्टोफर मैक्वारीले लेखेका छन् भने फिल्मका निर्देशकन पनि उनी नै हुन्।

‘मिसन इम्पोसिबल ७’ ३ हजार ५९२ करोड रुपैयाँको लगानीमा बनेको छ। फिल्मको ट्रेलरमा अभिनेता टम क्रुसको एक्सन अवतार प्रस्तुत भएको छ। समग्रमा फिल्मको ट्रेलर एक्सनले भरिएको देखिन्छ।

यो फिल्म अमेरिकामा २०२३ जुलाई १४ मा प्रदर्शनमा आउँदै छ। फिल्म नेपालमा भने कहिले प्रदर्शन हुनेछ भन्ने टुंगो लागेको छैन्। फिल्ममा अभिनेता टमसँगै विंग रहमेस, सिमोन पेग, रेबेका फग्र्युसनलगायतका कलाकार मुख्य भूमिकामा छन्।

प्रतिक्रिया