झापाकाे मेचीनगरकाे मेयर र उपमेयरमा एमाले विजयी

पालिका डायरी
१० जेष्ठ २०७९, ११:१६
झापाकाे मेचीनगरकाे मेयर र उपमेयरमा एमाले विजयी

मेचीनगर नगरपालिकाको मेयरमा नेकपा एमालेका गोपालचन्द्र बुढाथोकीले २६ हजार ४ सय ७८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३ सय ११ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपमेयर पदमा एमालेकै मीना उप्रेती २१ हजार ५ सय ९० मत पाएर निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार प्रकाश भण्डारीले १२ हजार ८ सय १८ मत प्राप्त गर्नुभएको थियो ।

नगरका ११ वडामध्ये १, २, ३, ४, ५, ७, ९, १०, ११, १२, १३ का वडाध्यक्षमा एमाले विजयी बनेको छ भने वडा नं ६, ८ र १५ मा कांग्रेस र वडा नं १४ मा माओवादी केन्द्र विजयी बनेको छ ।

जिल्लाका १५ वटै पालिकाको मतगणनाको परिणाम आइसकेको छ । तीमध्ये सात पालिकामा एमाले मेयर/अध्यक्ष पदमा विजयी बनेको छ भने छ मा कांग्रेस र दुईमा राप्रपाले जित हासिल गरेको छ ।

प्रतिक्रिया