लन्डनको ऐतिहासिक ट्राफलगर स्क्वायरमा बुद्ध जयन्ती

पालिका डायरी
९ जेष्ठ २०७९, १४:४७
लन्डनको ऐतिहासिक ट्राफलगर स्क्वायरमा बुद्ध जयन्ती

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बहुभाषा, संस्कृति र सभ्यता भएको नेपाललाई विश्वभर चिनाउन सगरमाथा, गौतम बुद्ध र पशुपतिनाथले संसारलाई मार्गदर्शन दिएको बताएका छन् ।

लन्डनको ऐतिहासिक ट्राफलगर स्क्वायरमा आइतबार आयोजित २५६६ औँ बुद्ध जयन्ती समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री पौडेलले गौतम बुद्ध दर्शन र भाषा, संस्कृति र सभ्यता बुझ्न नेपालको भ्रमण गर्न विश्वभरका राजनेताहरूलाई आग्रह गरे।

गत साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले भगवान बुद्धको जन्मस्थानबारे विश्वभर छरिएको भ्रम समाप्त भएको उनले बताए । ‘हामी नेपाली संस्कृति, सभ्यता, भाषा र धर्ममा महान छौं र बुद्ध प्रति गर्व गर्छौं,’ उनले भने।

बुद्ध फाउन्डेसन यूके अध्यक्ष दिपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मौलिक धिमे बाजा, भैरव नाच, थारु नाच, नेपालको हिमाल, पहाड, तराईलगायत क्षेत्रको मौलिक पहिचान झल्किने झाँकीहरू समेत प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया