सत्ता-प्रतिपक्ष दुवैतर्फका सांसदले गरे इन्धन मूल्यवृद्धिको विरोध

पालिका डायरी
९ जेष्ठ २०७९, १४:०१
सत्ता-प्रतिपक्ष दुवैतर्फका सांसदले गरे इन्धन मूल्यवृद्धिको विरोध

इन्धनमा भएको मूल्यवृद्धिको सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरूले विरोध जनाएका छन् ।सोमवार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले पटक–पटक भएको मूल्यवृद्धिले जनता आक्रान्त भएको बताएका हुन् ।

एमालेका भैरवसुन्दर श्रेष्ठले परमादेशबाट आएको सरकारले जनतालाई मूल्यवृद्धिको भार थपेको आरोप लगाए । भारतमा सर्वसाधारणको राहतका लागि इन्धनको मूल्य घटाइए पनि नेपालमा मूल्यवृद्धि गरिएको आरोप लगाए ।

माओवादी केन्द्रका मायाप्रसाद शर्माले मूल्यवृद्धिले गर्दा सरकारप्रति जनतामा नकारात्मक धारणा बनेको बताए । उनले जेसुकै कारणले भए पनि इन्धनको मूल्यवृद्धि गलत भएको बताए ।नेपाल आयल निगमले हिजो मात्र ग्यासमा प्रतिसिलिण्डर २ सय र पेट्रोलमा प्रतिलिटर १० रूपैयाँमा मूल्यवृद्धि गरेको थियो ।

प्रतिक्रिया