करेन्ट सट भएर आगलागी, एकको मृत्यु, एक जना घाइते

पालिका डायरी
८ जेष्ठ २०७९, १७:२६
करेन्ट सट भएर आगलागी, एकको मृत्यु, एक जना घाइते

भरतपुरमा करेन्ट लागेर शिखर इन्स्योरेन्स कम्पनी कार्यरत कर्मचारीको मृत्यु भएको छ । भरतपुर-१० कटहर चोक बस्ने ३५ वर्षीय शकुन्तला पौडेल सुवेदीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर-१० बाल मन्दिर रोड स्थित मोडको घरको तेस्रो तल्लामा सञ्चालन रहेको कम्पनीको बाहिर झुन्ड्याको फ्लेक्स बोर्ड झिक्ने क्रममा अचानक करेन्ट सट भएको थियो ।

करेन्ट सट भएर आगलागी हुँदा पौडेलसँगै अर्का कर्मचारी तरुण थापा पनि घाइते भएका थिए। उनीहरूको उपचारका लागि भरतपुर अस्पताल लैजाने क्रममा सुवेदीको बाटोमै मृत्यु भएको अस्पतालले घोषणा गरेको हो । घाइते थापाको उपचारको लागी नयाँ मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया