माछा मार्ने क्रममा डुबेर दुई जनाको मृत्यु

पालिका डायरी
८ जेष्ठ २०७९, १६:४५
मनहरीमा आफ्नै घरमा महिला मृत अवस्थामा फेला

अर्घाखाँची जिल्लामा माछा मार्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको शीतगङ्गा नगरपालिकामा माछा मार्ने क्रममा खोलामा डुबेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

शीतगङ्गा नगरपालिका वडा नम्बर ७ र ९ को सिमानामा पर्ने शीतखोलामा माछा मार्ने क्रममा डुबेर प्युठान नौबहिनी गाउँपालिका ८ फोप्लीका ५० वर्षीय नुमाराम घर्ती र १२ वर्षीय शमुलाल घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक अम्मरबहादुर थापाले बताए

। उनीहरू काका भतिज भएको खुलेको प्रहरीले जनाएको छ । जिल्ला अस्पताल अर्घाखाँचीमा पोस्टमार्टम गरी उनीहरूको शव आफन्तको जिम्मा लगाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया