प्रधानमन्त्री देउवा र अमेरिकी उपविदेशमन्त्री जियाबीच बालुवाटारमा भेटवार्ता

पालिका डायरी
८ जेष्ठ २०७९, १२:१९
प्रधानमन्त्री देउवा र अमेरिकी उपविदेशमन्त्री जियाबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेकी अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपविदेशमन्त्री एवं तिब्बती मुद्दाका लागि विदेश संयोजक उज्रा जियाबीच भेटवार्ता भएको छ ।

शुक्रबार तीन दिने भ्रमणका लागि नेपाल आएकी उपमन्त्री जियाको टोलीले आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवासँग भेटवार्ता गरेको हो । भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा विचार आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

एमसीसीसँगको अनुदान सम्झौता अनुमोदनसँगै नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५औं वर्षगाँठ मनाइरहँदा उनको नेपाल भ्रमण भएको हो । उनी भारतको नयाँँ दिल्ली हुँदै नेपाल भ्रमणमा आएकी हुन् ।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेकी अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपविदेशमन्त्री एवं तिब्बती मुद्दाका लागि विदेश संयोजक उज्रा जियाबीच भेटवार्ता भएको छ ।  शुक्रबार तीन दिने भ्रमणका लागि नेपाल आएकी उपमन्त्री जियाको टोलीले आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवासँग भेटवार्ता गरेको हो । भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा विचार आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।     एमसीसीसँगको अनुदान सम्झौता अनुमोदनसँगै नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५औं वर्षगाँठ मनाइरहँदा उनको नेपाल भ्रमण भएको हो । उनी भारतको नयाँँ दिल्ली हुँदै नेपाल भ्रमणमा आएकी हुन् ।

प्रतिक्रिया