बालेनको अग्रता कायमै, सिर्जनाले पछि पारिन् स्थापितलाई

काठमाडौं / काठमाडौं महानगरमा बालेन शाहको अग्रता कायमै रहँदा केशव स्थापित भने पछि परेका छन् ।
हालसम्म काठमाडौं महानगरको एक लाख बढी मतगणना भइसकेको छ ।
पछिल्लो जानकारी अनुसार काठमाडौंमा एक लाख दुई हजार ७६३ मतगणना भइसकेको छ । जसक्रममा काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ३८ हजार ३३३ मत प्राप्त गरेका छन् ।
त्यसपछि नेपाली कांग्रेसकी सिर्जना सिंहले २१ हजार २९९ मत ल्याउँदै दास्रो स्थानमा छन् । एमालेको प्रमुखका उम्मेदवार २१ हजार ८ मत ल्याएका छन् ।
केशव स्थापितका हालको पोजिसन सिर्जनाभन्दा २९१ मतले पछि र बालेनभन्दा १७ हजार ३२५ हजार ५४१ मतले पछि हो ।
प्रतिक्रिया