काठमाण्डाैको कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले निर्वाचित
काठमाण्डाै / काठमाण्डाैको कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उपेन्द्र कार्की निर्वाचित हुनुभएको छ ।
कार्कीले ११ हजार ३ सय २२ मत प्राप्त गरेर निर्वाचित हुँदा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामशरण ढुङ्गानाले भने ८ हजार २ सय ६३ मत प्राप्त गर्नु भएको छ ।
यस्तै उपमेयरमा भने एमालेकी शान्ता थापा निर्वाचित हुनु भएको छ । उहाँले ९ हजार ९ सय ७५ मत प्राप्त गर्नुभएकाे छ भने माओवादीका भोला चापागाईँको ५ हजार ४ सय २२ मत छ ।
काठमाण्डाैका ११ वटा पालिकामध्ये ९ वटा पालिकाकाे नतिजा आइसकेकाे छ । अब दुई वटा पालिका काठमाण्डाै महानगरपालिका र नागार्जुन नगरपालिकाको नतिजा आउन बाँकी छ ।
प्रतिक्रिया