खसेको भन्दा ४ वटा मत बढी भएपछि कमलामाई नगरपालिकाको मतगणना रोकियो

पालिका डायरी
५ जेष्ठ २०७९, ११:२४
खसेकोभन्दा ४ वटा मत बढी भेटिएपछि सिन्धुलीको कमलामाई नगरपालिकाको मतगणना रोकिएको छ। कमलामाई नगरपालिकाको १३ नम्बर वडाको मत गणना भइरहेको बेला खसेकोभन्दा ४ वटा मत बढी भएपछि मत गणना रोकिएको हो। मुचुल्कामा उल्लेख भएकोभन्दा बढी मत भेटिएपछि मतगणना रोकिएको र छलफल गरेर टुंगो लागेपछि गणना प्रक्रिया सुरु हुने बताइएको छ। कमलामाईमा कांग्रेस र माओवादीले गठबन्धन गरेर उम्मेदवारी दिएका छन्। मेयरमा कांग्रेसले अग्रता लिएको छ भने उपपमेयरमा एमालले अग्रता लिएको छ।

खसेकोभन्दा ४ वटा मत बढी भेटिएपछि सिन्धुलीको कमलामाई नगरपालिकाको मतगणना रोकिएको छ। कमलामाई नगरपालिकाको १३ नम्बर वडाको मत गणना भइरहेको बेला खसेकोभन्दा ४ वटा मत बढी भएपछि मत गणना रोकिएको हो।

मुचुल्कामा उल्लेख भएकोभन्दा बढी मत भेटिएपछि मतगणना रोकिएको र छलफल गरेर टुंगो लागेपछि गणना प्रक्रिया सुरु हुने बताइएको छ।कमलामाईमा कांग्रेस र माओवादीले गठबन्धन गरेर उम्मेदवारी दिएका छन्। मेयरमा कांग्रेसले अग्रता लिएको छ भने उपपमेयरमा एमालले अग्रता लिएको छ।

प्रतिक्रिया