ललितपुर महानगरको मतगणना प्रतिनिधि बने बालेन !

काठमाडौं । काठमाडौँ महानगरपालिकाको मेयर पदमा अग्रता बनाइरहेका स्वतन्त्र उम्मेदवार बालेन शाह ललितपुर महानगरको मतगणना प्रतिनिधि बनेका छन् ।
बालेन उनका साथी नरसिंह व्यञ्जनकारको मतगणना प्रतिनिधि बनेका हुन् । व्यञ्जनकार ललितपुरको वडा नम्बर १० मा वडा अध्यक्षको स्वतन्त्र उम्मेदवार बनेका छ्न् ।
बालेन बुधबार बिहान मात्र मतगणना प्रतिनिधिको परिचयपत्र बनाएर ललितपुर महानगरपालिकाको मतगणनास्थल सेवाकालीन प्रशिक्षण भवन जावलाखेलमा पुगेका हुन् । व्यञ्जनकार १० नम्बर वडाको अध्यक्षमा पुतली चिन्ह लिएर चुनाव लडेका हुन् । व्यञ्जनकार बालेन शाहको कोर टिमका सदस्य हुन् ।
प्रतिक्रिया