काठमाण्डौ महानगर : बालेन शाह मतान्तर बढाउँदै, केशव स्थापित ६ हजारभन्दा धेरै मतले पछाडि

पालिका डायरी
४ जेष्ठ २०७९, ०६:३०

काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाउँदै जानु भएको छ ।

पछिल्लो मत परिणामअनुसार शाहले १४ हजार ४ सय ५८ मत ल्याउनु भएको छ । उहाँ एमालेका उम्मेदवार केशव स्थापितभन्दा ६ हजार ६ सय ६ मतले अगाडि हुनुुहुन्छ । स्थापितले अहिलेसम्म ७ हजार ८ सय ५२ मत प्राप्त गर्नु भएको छ ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले ६ हजार ९ सय मत प्राप्त गर्नु भएको छ  ।  उपमेयरमा एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । उहाँले १२ हजारभन्दा धेरै मत ल्याउनु भएको छ ।

प्रतिक्रिया