गगन थापाको वडामा पनि बालेन अगाडि

पालिका डायरी
३ जेष्ठ २०७९, २०:१५
काठमाडौं महानगरको मेयरका उम्मेदवार बालेनद्वारा २८ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक (पूर्णपाठ)

नेपाली काँग्रेसका महामन्त्री गगन थापाको वडा काठमाडौं महानगरपालिका –३० मा पनि स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएको छ । काठमाडौं–३० को ६ सय मत गन्दा बालेनले २३३ मत पाएका छन् ।

काँग्रेस उम्मेदवार सिर्जना सिंहले १०६ मत पाएकी छिन् । महामन्त्री थापाको वडामै काँग्रेस उम्मेदवार सिर्जना १२७ मतले पछाडि परेकी छिन् । यहाँ एमाले उम्मेदवार केशव स्थापित ७९ मत ल्याएर तेस्रो स्थानमा छन् ।

काठमाडौंका १ र २ मत गणना सकिएको छ भने ३, ४, ५, ६, २९,३०, ३१ र ३२ नम्बर वडाको जारी छ । जसमा बालेनले १२ हजार ५५३ मत ल्याएका छन् भने स्थापितले ६ हजार ७०६ र सिर्जनाले ५ हजार ९५७ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया