हेटौंडाको मतदाताले मतपत्रमा लेखे ‘नो भोट’

पालिका डायरी
३ जेष्ठ २०७९, २०:०८
हेटौँडाको मतदाताले मतपत्रमा लेखे ‘नो भोट’

हेटौंडा / राजनीतिक दल र दलका नेताहरुदेखि दिक्क भएका एक मतदाताले मतपत्रमा ‘नो भोट’ लेखेको पाईएको छ ।

मकवानपुरको हेटौँडा-४ को मतगणना भैरहेको समयमा एक मतपत्रमा ‘नो भोट’ लेखिएको पाईएको हो । उक्त वडाको १ हजार ५ सय मतगणना हुँदा ‘नो भोट’ लेखिएको मतपत्र पाईएको हो ।

मतदाताले मत पत्रलाई ‘क्रस’ चिन्ह प्रयोग गरि अंग्रेजिमा ‘नो भोट’ लेखेको पाईएको छ । पछिल्लो समयमा ‘नो भोट’को माग बढिरहेको अवस्थामा हेटौँडामा भेटिएको उक्त मतपत्रले आगामी निर्वाचनमा ‘नो भोट्स राईड्स’बारे सोच्न वाध्य बनाएको मतगणनामा सहभागि रहेको प्रतिनिधिहरुको भनाई रहेको छ ।

प्रतिक्रिया