पोखरामा ११ हजार मत गन्दा एकीकृत समाजवादीका धनराजलाई साढे ३ सय मतको अग्रता

पालिका डायरी
२ जेष्ठ २०७९, १३:५२
भरतपुर महानगरमा कडा टक्कर : थोरै मतले रेणु अगाडि

पोखरा महानगरपालिकामा सत्ता गठबन्धनले अग्रता कायमै राखेको छ। गठबन्धनका तर्फबाट मेयर उम्मेदवार धनराज आचार्यले ४४७८ मतसहित अग्रता लिइरहेका छन्।

उनलाई नेकपा एमालेका कृष्ण थापाले ४१२४ मतसहित पछ्याइरहेका छन्। महानगरपालिकामा हालसम्म गणना भएको ११ हजार १ सय ९७ मत मध्ये उपमेयरमा भने एमालेकी उम्मेदवारले अग्रता लिएकी छन्।

एमालेबाट उम्मेदवार बनेकी मञ्जुदेवी गुरूङले ४७१४ मतसहित अग्रता कायमै राखेकी छन्। उनलाई सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४५७० मत ल्याएर पछ्याइरहेकी छन्।

प्रतिक्रिया