४ हजार मतान्तर कायम गर्दै काठमाडौं उपमेयरमा सुनिता डंगोलको अग्रता

पालिका डायरी
२ जेष्ठ २०७९, १२:५७
४ हजार मतान्तर कायम गर्दै काठमाडौं उपमेयरमा सुनिता डंगोलको अग्रता

काठमाडौं / काठमाडौं उपमहानगरपालिकामा उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठलाई फराकिलो मतान्तरले पछि पारेकी छन्।

पछिल्लाे परिणाम अनुसार डंगोलले ५ हजार ८४४ मत ल्याउँदा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले जम्मा १ हजार ६०९ मत मात्रै प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिनिता मगैयाले ७६२ मत ल्याएकी छन्।

महानगरको मेयरमा भने गठबन्धनकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले अग्रता लिएका छन्।

प्रतिक्रिया
sunita_and_rameshwar