इन्द्रसरोवरको अध्यक्ष मा एमालेका पुडासैनी विजयी

पालिका डायरी
२ जेष्ठ २०७९, ०६:२२
शिक्षण पेशा त्यागिएको पाँच बर्षपछि टिकट

हेटौंडा / इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमाले बिजयी भएको छ ।
इन्द्रसरोवर गाउँपालिकामा एमालेका देबकृष्ण पुडासैनी बिजयी भएका हुन् । इन्द्रसरोबर गाउँपालिकाको उपाध्यक्षमा पनि नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

इन्द्रसरोबारको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनीले ३ हजार ७२२ मत ल्याएर जित हात पारे । कांग्रेसका विश्व लामा ३ हजार ४७२ मत पाएर पराजित भए । निवर्तमान अध्यक्ष समेत रहेका एकीकृत समाजवादीका जीवन लामाले ४७९ मत ल्याए ।

उपाध्यक्षमा पनि एमालेकै उमाकुमारी लामाले जित हासिल गरिन् । उनले ३ हजार ७२५ मत पाइन् । कांग्रेसकी निर्मला रुम्बाले ३ हजार ६५६ मत ल्याएर हार ब्यहोरिन् ।

प्रतिक्रिया