हेटौंडामा गठबन्धन २ मतले अगाडि

पालिका डायरी
१ जेष्ठ २०७९, १२:३५

हेटौंडा / हेटौंडा उपमहानगरपालिकाको चार वटा वडाको मतगणना चलिरहेको छ । यो समाचार तयार पार्दा सम्म गठबन्धनका उम्मेदवार दुइ मतले अगाडी छन् ।

हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर–१, २, १८ र १९ नम्बर वडामा ६६४१ मतगणना हुँदा एमाले र गठबन्धनका उम्मेदवारका बिचमा तिब्र प्रतिस्पर्धा छ । गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार मिना लामाको २१३० मत प्राप्त गरेकी छन् । यसैगरी एमालेका अनन्त पौडेलले २१२८ मत प्राप्त गरेका छन् । राप्रपाका दिपकबहादुर सिंहले २००१ मत प्राप्त गरेका छन् ।

यसैगरी उपमेयर पदमा गठबन्धनका उम्मेदवार राजेश बानियाँले ३१६५ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार सुमित्रा काफ्लेले २३९६ मत प्राप्त गरेका छन् । राप्रपाका इन्दिरा न्यौपानेले ७०५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया