मौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही

पालिका डायरी
२७ बैशाख २०७९, ०६:४९

स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत आज राति १२ बजेबाट मौन अवधि लागु हुँदै छ । स्थानीय तह सदस्य निर्वाचन वैशाख ३० गते हुँदै छ ।

निर्वाचन आयोगले मौन अवधिको पूर्ण पालना गर्न आग्रह गरेको छ । मौन अवधिमा रानीतिक दल, नेता, उमेदवार, कार्यकर्ता तथा भातृ संगठनले के गर्न हुने र के गर्न नहुने जानकारी दिँदै आयोगले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।

मौन अवधिभर निर्वाचन प्रचार–प्रसार कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन, राजनीतिक दल तथा उमेदवारको पक्ष/विपक्षमा मतदानलगायत कुनै पनि प्रकारका छलफल गर्न नपाइने आयोगले जनाएको छ । सामाजिक संजालबाट कसैको प्रचार गर्न र भ्रामक सूचना प्रवाह गर्न नपाइने आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिता पालन भए/नभएको अनुगमनका लागि अनुगमन टोली पनि आयोगले परिचालन गरेको छ । उक्त टोलीले उल्लंघकर्ता जो सुकै भए पनि कारबाही गर्नसक्नेछ । आयोगले मुख्यमन्त्रीदेखि मेयरका उमेदवारसम्मलाई स्पष्टिकरण सोधिसकेको छ ।यसैबीच, आयोगले आजदेखि मतदान कार्य सम्पन्न नभएसम्म मादक पदार्थको बिक्री, वितरण र सेवन नगर्न आग्रह गरेको छ । तोकिएको अवधि र ठाउँमा मादक पदार्थको बिक्री वितरण र सेवन कार्य गर्न निषेध गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् ।

मौन अवधिमा पालना गर्नुपर्ने आचरण

प्रतिक्रिया